बैंकिङ खबर । दोस्रो दिन पनि २ प्रतिशतले घटेर बजार बन्द भएको छ । सुरु भएको ४१ मिनेटमा नै बजार बन्द गर्नु परेको हो । सेयर बजारमा फेरि अर्को गिरावट आएको छ । दोस्रो दिन कारोबारको सुरुदेखि आरोलो लागेको थियो । सेयर बजार २ प्रतिशतले घटेपछि बुधबार पनि बन्द भएको हो । बुधबार ७२ कम्पनीको कारोबार भएकोमा सबै कम्पनीका लगानीकर्ताले गुमाएका छन् । लकडाउन अवधिभर बजारमा नेप्से सूचक २ प्रतिशतभन्दा धेरैले घटेमा सो दिनको लागि शेयर बजार बन्द गर्ने निर्णय यसअघि भएको थियो । मंगलबारबाट सेयर बजार खुल्ला गरिएको थियो ।