बैंकिङ खबर । भारतले आत्मनिर्भर अर्थतन्त्रको बाटो रोजेको छ । उसले अबको नीति आत्मनिर्भरको हुनुपर्ने निश्कर्ष निकालेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसका लागि २ सय खर्ब भारतीय रुपैयाँको आर्थिक प्याकेज ल्याएका छन् । भारतीय कुल जीडीपीको १० प्रतिशत हुनेगरी उक्त प्याकेज घोषणा गरिएको हो । २०२० भरीमा भारतलाई आत्मनिर्भर बनाउने अभियान सुरु गर्न सबैलाई उनले आग्रह गरे । भारतीय प्रधानमन्त्री मोदीले आत्मनिर्भर भारतको संकल्प भएको उल्लेख गर्दे आर्थिक प्याकेजहरू साना तथा मझैला उद्योगहरुमा केन्द्रीत हुने बताए । मोदीले देशबासीका नाममा सम्बोधन गर्दै करोडौं मानिसहरुको जीविकोपार्जनको लागि आत्मनिर्भरको बाटो अंगिकार गर्नुपर्ने बताए । उनले आर्थिक प्याकेज देशका मजदुर, किसान र कडा परिश्रमक गर्नेहरुका लागि भएको उल्लेख गरे । सन्सारकै अबस्था भयाभह हुनेतर्फ इंगित गर्दै मोदीले हरेक नागरिकले आत्म निर्भरताको अर्थतन्त्रमा लाग्नुपर्ने समय आएको भन्दै उत्पादनमुखि क्षेत्रमा लाग्न अनुरोध गरे ।