May 12th, 2020

लकडाउनमा बजार खोल्दा – सेयर बजारमा ठुलै धक्का लाग्ने संकेत

बैंकिङ खबर । लकडाउनका अबधिमा सेयर बजार संचालन भएको छ । बैशाख ३० गतेबाट खुलेको सेयर बजारमा पहिलो दिन २५ अंकले गिरावट आएको छ । यो कुल प्रतिशतको २ प्रतिशतले बजार घटेको हो । यसले लकडाउन अवधिको संकेत गरेको छ । सेयर बजार निरन्तर खोल्ने हो भने निरन्तर गिरावट आउने संकेत देखाएको छ । यस विषयमा नेप्से र धितोपत्र बोर्डले नयाँ निर्णय गरीसकेका छैनन् । बजार दिनहुँ खोल्ने हो भने दिनहुँ गिरावट आउने देखिन्छ । समग्र देशको अर्थतन्त्र कम्जोर हुने स्थितिमा छ । यस्तो बेला सेयर धनीले कमाउलान् भनेर विश्वास गर्न सक्ने आधार छैन । तर लकडाउन नसकिँदै बजार खोल्दा कम्जोर सेयर धनीलाई नोक्सानी पर्न सक्छ । तथापी यस्तो बेला पैसा भएकाहरुले भने सेयरमा लगानी गर्नु नै राम्रो हुने पनि केहीले बताउँदै आएका छन् ।

लकडाउनपछिको पहिलो सेयर कारोबार

कोरोना भाइरसका कारण बन्द भएको सेयर बजार २ प्रतिशतले बजार घटेपछि बन्द गरिएको छ । लकडाउन अवधिभर बजारमा नेप्से सूचक २ प्रतिशतभन्दा धेरैले घटेमा सो दिनको लागि शेयर बजार बन्द गर्ने निर्णय यसअघि भएको थियो । यो अबधिमा नेप्से सूचक २५ अंकले घटेर १२२६.१५ विन्दुमा झरेको छ । सोही अनुसार बजार बन्द गरिएको हो । ४९ दिनपछि खुलेको शेयर बजार डेडघन्नामा बन्द भयो । नेपाल स्टक एक्सचेञ्जले दैनिक २ घण्टा शेयर बजार खोल्ने निर्णय गरेको थियो। सोहि अनुसार बैशाख ३० गतेदेखि विहान ११ बजे बजार खुलेको हो ।कारोबारमा सबै कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।कारोबारको सुरु देखि नै ओरालो लागेको बजारमा कारोबार सुरु भएको डेढ घन्टामै बन्द गरियो । नेप्से सूचक २५.३० अंकले घटेर १२२६.१५ बिन्दुमा झरेको छ । १० करोड ४३ लाख ७२ हजार ६४६ रुपैयाँको कारोबार भएको छ । ८७ कम्पनीको १ लाख ६ हजार ३१२ कित्ता किनबेच भएको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]