Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

ज्योति लाईफ इन्स्योरेन्सले आफ्ना बीमितहरुलाई कोभिड–१९ को बीमा गरिदिने

२०७७ बैशाख २६ गते

बैंकिङ खबर । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैशाख २७, २०७७ देखि जेष्ठ मसान्त, २०७७ भित्र सावधिक जीवन बीमाको नवीकरण बीमा शुल्क तिर्ने बीमितहरुको लागि बीमा समितिले नेपाली नागरिकहरुका लागि निर्जीवन बीमा कम्पनीहरु मार्फत हालै बजारमा ल्याएको कोभिड–१९ को विरुद्ध रु.५० हजार बराबरको जोखिम बहन हुने गरि १ वर्षको लागि बीमा सुविधा दिने भएको छ । विश्व नै कोरोना भाइरस कोभिड–१९ बाट आक्रान्त भै रहेको अहिलेको विषम परिस्थितीमा कम्पनीले “बीमितहरुको सुरक्षा, हाम्रो दायित्व” भन्ने नाराका साथ बीमितहरुको लागि यो सुविधा थप गरेको हो सो वापत लाग्ने बीमा शुल्क कम्पनीले नै तिरिदिने भएकोले यसबाट बीमितहरुलाई कुनै आर्थिक भार पर्ने छैन ।
यस योजनाबाट ज्येष्ठ मसान्त २०७७ भित्र नवीकरण बीमा शुल्क तिर्ने सम्पुर्ण बीमितिहरुले कोभिड–१९ को बीमालेखमा उल्लेखित शर्त बमोजिम बीमितको एऋच् पद्धतीबाट कोरोना भाइरस परिक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएमा सम्बन्धीत बीमा कम्पनीले बीमितलाइ एकमुष्ट रु.५० हजार उपलब्ध गराउनेछ । यस योजनाबाट कम्पनीका १० हजार भन्दा बढी बीमितहरु लाभान्वित हुन सक्ने कम्पनीले विश्वास लिएको छ । सम्पूर्ण नवीकरण योग्य बीमितहरुलाई विभिन्न अनलाइन सेवा, कम्पनीको बैक खातामा रकम जम्मा गर्ने वा नजिकको शाखा÷उपशाखा कार्यालयमा सम्पर्क गरि नवीकरण बीमा शुल्क तिरी यस सुविधाबाट लाभ लिनु कम्पनीले अनुरोध गरेको छ ।