Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

भोलीे शुक्रबारदेखि बैंकवित्तका सबै शाखा संचालनमा आउने

२०७७ बैशाख २५ गते

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाले शुक्रबारदेखि सबै शाखा संचालन गर्ने भएका छन् । शुक्रबारबाट बीमा कम्पनीका शाखा कार्यालयहरु पनि संचालनमा आउनेछन् । बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीका शाखा कार्यालयहरु शुक्रबारदेखि लगातार खुल्ने तयारी भएको छ । कार्यालयमा एकतिहाई कर्मचारीले मात्र काम गर्नेछन् ।
सरकारले गरेको निर्णयअनुसार कोरोना संक्रमण बढेमा स्थानीय सरकारले शाखा खोल्ने अनुमति बन्द गर्नसक्ने छ । अहिलेसम्म बैंक तथा वित्तीय संस्थाले विभिन्न शाखा आलोपालो संचालन गर्दै आएका थिए । नेपाल बैंकले भने सबै कार्यालयबाट शेवा दिँदै आएको छ । बैंकवित्त तथा बीमा कम्पनीहरुले यसका लागि स्थानीय निकायसँग समन्वयन गर्नुपर्ने छ ।  

Ad