२०७७ बैशाख २० गते

निक्षेपको व्याज एकै चुड्कीमा घट्यो, ऋणतर्फ व्याज घटाउन बैंकहरुलाई सकस

बैंकिङ खबर । अहिले बैंकहरुलाई कर्जातर्फको व्याज घटाउन निकै दवाव परेको छ । नेपाल राष्ट्र बैंकले २ प्रतिशतका दरले कोरोना प्रभावित व्यावसायका लागि व्याज घटाउन बैंकहरुलाई निर्देशन दिइसकेको छ । फलस्वरुप बैंकहरु व्याज घटाउने तयारीमा छन् । तथापि बैंकहरुले कर्जातर्फको व्याज घटाइहाल्न सकेका छैनन् । राष्ट्र बैंकले चैत मसान्तमा उठाउने रकम असार मसान्तमा सार्ने सहुलीयत दिएपछि बैंकहरुको नाफामा केही धक्का पर्ने देखिएको छ । बैंकको नाफा कर्मचारीको बोनस र संचालकहरुको नाफासँग जोडिन्छ । बैंकरहरुले व्याज घटाउँदाको अर्को अफ्ठेरो केहीमहिना लगातार बैंकको नाफामा संकुचन आउने देखिन्छ । बैंकहरु निक्षेप र कर्जातर्फको व्याजबाट व्यबस्थापन गर्ने योजनामा देखिन्छन् । जसले गर्दा क्यालकुलेशनमा मेल खाएको छैन । निक्षेपतर्फ बैशाख १ गतेबाटै व्याज घटेको छ । तर कर्जातर्फ पनि १ प्रतिशत नै व्यणज घटाउने गृहकार्य गरेका बैंकहरुलाई राष्ट्र बैंकको निर्देशनले अफ्ठ्यारो पारेको छ । फलस्वरुप बैंकहरु दोसा्रेपटक निक्षेपकै व्याज घटाउने तयारीमा पुगेका छन् ।

बैंकहरुले ऋणको व्याज घटाउन निक्षेप तर्फ गरिएको निर्णयमा पुनविचार गर्नेसम्मको रणनीति तय गरेका छन् । उनीहरुले यसअघि संस्थागत मुद्दतीमा सात प्रतिशत ब्याजदर कायम गरेका छन् । यसमा फेरि केही घटबढ हुने सम्भावना देखिएको छ । बैंकहरुले संस्थागत निक्षेप र व्यक्तिगत निक्षेपतर्फ ।५ प्रतिशत कम गर्न सक्ने आधार देखिन्छ । हाल बैंकहरुमा निक्षेपको ५० प्रतिशत मुद्दती निक्षेप, ३० प्रतिशत बचत निक्षेप तथा २० प्रतिशत चल्ती र कल डिपोजिट तर्फको रकम छ । यसअघि कल डिपोजिट खाता बन्द गर्ने निर्णयमा पुगीसकेका बैंकहरुले फेरि कल डिपोजीटलाई कम व्याज दिनेगरी कायम गरेका छन् । राष्ट्र बैंकले २ प्रतिशत व्याज घटाउने निर्णय गरेपछि बैंकहरु अन्यौलमा छन् । राष्ट्र बैंकले असारसम्म दुई प्रतिशत ब्याज घट्ने भनेर सूचना प्रकाशित गरिसकेको छ । बैंकहरुले निक्षेपतर्फकै व्याजदर कम गर्ने सम्भावना देखिएको छ । यसबारे बैंकहरु निर्णयमा पुगीसकेका छैनन् ।