२०७७ बैशाख १७ गते

प्रभु इन्स्योरेन्सको कोरोना बीमा सेवा प्रभु पे बाट लिन सकिने

बैंकिङ खबर । प्रभु इन्स्योरेन्सले प्रदान गर्ने कोरोना बीमा सेवा प्रभु पे, वालेटबाट लिन सकिने भएको छ । प्रभु इन्स्योरेन्स र प्रभु पे बिच भएको समझदारी पश्चात कम्पनीका ग्राहकहरुले घरमै बसेर कोरोना बीमाका साथै अन्य बीमा सेवाहरु समेत लिन सकिने व्यवस्था मिलाइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले बताउनुभयो ।

कम्पनीले ग्राहकहरुलाई प्रदान गर्ने सेवाहरु अनलाईन सिस्टम मार्फत प्रदान गर्दै आईरहेकोले लकडाउनको समयमा समेत सम्पूर्ण सेवाहरु सहज रुपमा प्रदान गरिरहेको छ ।