July 12th, 2016

धरहरा बनाउन पुनर्बिमा कम्पनीको १ करोड सहयोग

reinsuranceनेपाल पुनर्बिमा कम्पनी लिमिटेडले धरहरा बनाउन १ करोड रुपैयाँ सहयोग गरेको छ । कम्पनीले ‘मेरो धरहरा मै बनाउँछु’ कोषमा मंगलबार एक करोड रुपैयाँ हस्तान्तरण गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिमिटेडका अध्यक्ष महेशकुमार गुरागाईंले प्रधानमन्त्री निवास बालुवाटारमा सो रकम हन्तान्तरण गरेका हुन् । 

विनाशकारी भूकम्पबाट ध्वस्त धरहरा पुनःनिर्माणका लागि प्रधानमन्त्री र मन्त्रीहरुले एक महिना बराबरको तलब सहयोग गरी सो कोष प्रारम्भ भएको थियो । हस्तान्तरण कार्यक्रममा अर्थराज्यमन्त्री दामोदर भण्डारी र कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीको पनि उपस्थिति रहेको थियो ।