बैंकिङ खबर । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको ६५ वटा शाखा कार्यालयहरुमा आवद्ध लगभग ९० हजार सदस्यहरुमध्ये हालको विपद् अवस्थामा दैनिक दुई छाक टार्न पनि समस्यामा परेका अति विपन्न ५,१०३ घर परिवारहरुलाई स्थानिय निकायहरुको समन्वयमा ४८ लाख बराबरको खाद्यान्न बितरण गरीएको छ ।
खाद्यान्न बितरण अन्तर्गत संस्थाले प्रति परिवारहरु लाई १५ के.जि.चामल, १ के.जि.दाल, १ के.जि.नुन र १ प्याकेट खाने तेल उपलब्ध गराएको छ ।