२०७७ बैशाख १२ गते

जीवन बिमक संघको कोरोना उपचार कोषमा ४ करोड, ४९ लाख ५१ हजार सहयोग

 

बैंकिङ खबर । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको नेपालमा संक्रमण नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जीवन बीमक संघसंग आवद्ध जीवन बीमा कम्पनीहरुले यस संघ मार्फत एकमुष्ट रु.८२,५०,००० ( बयासी लाख पचास हजार ) र सोझै उक्त कोषमा ३,६७,०१,००० (तिन करोड सड्सठ्ठी लाख एक हजार) गरी जम्मा रु. ४,४९,५१,००० (अक्षरुपी चार करोड, उनन्पचास लाख एकाउन्न हजार) योगदान गरेका छन् ।
जीवन विमक संघले नेपाल सम्पुर्ण विमित, ग्राहक तथा अभिकर्ताहरुमा सेवा तथा सुचनाकोे लागी सम्वन्धित जीवन वीमा कम्पनीद्धारा जारी गरिएको सुचना वमोजिम आवश्यक सम्पर्क गरी सिमित सेवा तथा जानकारी लिन अनूरोध गरेको छ ।
जीवन विमक संघले यस विषम परिस्थितीमा सम्पुर्ण बीमित, कर्मचारी, अभिकर्ताहरुमा सावून पानीले हात धूने, क्ष्कयबितष्यल मा वस्ने, सामाजिक दुरी कायम गर्ने आदि स्वास्थ सम्वन्धि निर्देशनहरु इमान्दारी पूर्वक कार्यान्वयन गरी नेपाल सरकारको अभियान सफल पार्न अनूरोध गरेको छ ।