२०७७ बैशाख १० गते

कर्मचारी कटौती र प्रशाशनीक खर्च घटाउनेतर्फ बैंकवित्तको जोड

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाहरुले मासिक प्रशाशनिक तथा कर्मचारी खर्चमा कटौटी गर्ने भएका छन् । बैंंकिङ क्षेत्रमा प्रशाशनिक खर्च तर्फ ठुलै रकम विनियोजित हुँदै आइरहेको छ । कोरोना संक्रमणको सन्त्रास र यसको रोकथामका लागि लकडाउनको अबस्था सृजना भएपछि अर्थतन्त्रमा ठुलो प्रभाव पर्ने देखिएपछि बैंकहरुले प्रशाशनिक खर्चलाई कटौती गर्ने रणनीति बनाएका हुन् । बैंक संचालकहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले बैंकिङ क्षेत्रको प्रशाशनिक तथा कर्मचारी खर्चमा सकेसम्म कम गर्ने निर्णय गरेको छ । परिसंघको बैठकले लकडाउनको अबस्थालाई मध्यनजर गर्दै प्रशाशनिक खर्च कटौती गर्ने निर्णय गरेको हो । सोही निर्णयसँगै विभिन्न बैंक वित्त कम्पनीहरु आन्तरिक छलफलमा जुटेका छन् । सबैजसो बैंक वित्तले खर्च कटौतीका उपायहरु खोज्ने भएका छन् । बैंकवित्तलाई डिजिटलाइजेशन गरेर केही कर्मचारी कटौती गर्ने, हालको प्रशाशनिकतर्फ अन्य खर्च कटौतीका उपायहरु अवलम्बन गर्ने लगायततर्फ बैंकवित्त केन्द्रित रहन थालेका छन् । बैंकिङ प्रणलीमा टेक्नोलोजी विस्तारसँगै धेरै कर्मचारी कटौती गर्न सक्ने आधारहरु रहेका छन् ।