Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

हजारको नोट पूरानै व्यवस्थाअनुसार छापिँदै, ५ को नोट नयाँ शैलीमा

२०७३ असार २६ गते
सेयर:

money (2)नेपाल राष्ट्र बैंकले १ हजार दरको नोट पूरानै व्यवस्थाअनुसार छपाइ गर्न लागेको छ । राष्ट्र बैंकले तत्काल आवश्यक परेको भन्दै सो दरका नोट पुरानै व्यवस्थाअनुसार छपाइ प्रक्रिया अघि बढाएको हो । यसका लागि भर्खरै बोलकबोल आह्वान गरिएको छ । राष्ट्र बैंकले २० करोड थान १ हजारको नोट छपाइ प्रक्रियामा जानु पहिले नै विभिन्न उजुरीहरू परेका कारण नयाँ सुरक्षा टे«डमार्क नराखी पुरानै व्यवस्थाअनुसार छपाइ प्रक्रिया अघि बढाएको हो ।

५ सय दरको नोटमा भने नयाँ सुरक्षा व्यवस्था अवलम्बन गरिएको छ । सो दरको नोटको बोलकबोलपछि छनोटको चरणमा छ । राष्ट्र बैंकका अनुसार १८ करोड थान ५ सय दरको नोट छाप्न खोलिएको बोलकबोलमा इन्डोनेसियाको पेरुङ पेरारीले प्रतिनोट २ रुपैयाँ ९२ पैसा, चिनियाँ प्रिन्टिङ कम्पनीले २ रुपैयाँ ९८ पैसा, डेलारुले ४ रुपैयाँ ९५ पैसा र अन्य ४ वटा युरोपियन कम्पनीले ५ रुपैयाँभन्दा बढीमा छाप्न बोलपत्र हालेका छन् । 

राष्ट्र बैंकले कुनै पनि नोटको डिजाइन परिवर्तन गर्दा मन्त्रिपरिषद्बाट स्वीकृत गराउनुपर्छ । तर, पुरानै डिजाइनमा भने बैंकले आफैं निर्णय गर्न सक्छ ।