Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

रिलायन्स लाइफ इन्स्योरेन्सको कोरोना नियन्त्रण कोषमा साढे ७ लाख सहयोग

२०७७ बैशाख ५ गते

बैंकिङ खबर । कोरोना भाइरसले (कोभिड १९) विश्व नै अक्रान्त बनेको छ । नेपाल लगायत विश्वका २१३ देशहरुमा यो भाइरस फैलिसकेको छ, विश्व स्वास्थ्य संगठन लगायत विश्वका सबै राष्ट्रहरु यस रोगको रोकथाममा लागि परेका छन् ।

यस संकटको घडीमा नेपालमापनि सरकारी तथा निजी संघ संस्था तथा व्यक्तिहरुले सरकारी कोषमा आफ्नोे ठाउँबाट गर्न सकिने आर्थिक तथा जिन्सी सहयोग गरेर यस रोगबाट मुक्त हुन हातेमालो गरिरहेका छन् । यसै सहयोगलाई निरन्तरता दिँदै रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले हाल उत्पन्न भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारको कोरोना भाइरस (Covid-19) विरुद्ध रोकथाम, त्यसको नियन्त्रणको साथै उपचारका लागि देशव्यापी अभियानमा सहयोग गर्ने हेतूले ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथाउपचार कोष (Corona Virus Control & Treatment) मा ७ लाख ५० हजार सहयोग गरेको छ । यस सहयोगले अहिलेको महामारी रोकथाममा केही थप सहयोग हुनेमा रिलायन्स लाइफ इन्स्योरेन्स बिश्वस्त रहेको जनाएको छ ।