Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अर्थमन्त्रालयमा नीति तथा कार्यक्रम बन्दै ‘आर्थिक तरलता आउन नदिनु’ पहिलो प्राथमिकता

२०७७ बैशाख ४ गते

बैंकिङ खबर । सरकार नीति तथा कार्यक्रम मार्फत दोस्रो चरणको कोरोना राहतको प्याकेज ल्याउने भएको छ । अर्थमन्त्रालय र सरोकारवाला यसमा लागिपरेको अर्थमन्त्रीले बताएका छन् । नीति तथा कार्यक्रम मार्फत यस्तो राहत ल्याइने छ । साथै कृषि र उत्पादनमा लाग्न उत्प्रेरित गरिने पनि अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । उनले उद्योगीहरुलाई पनि कृषि र उत्पादनलाई अघि बढाउनेगरी लाग्न आग्रह गरे ।
विहीबार नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको भेटमा उनले उद्योगको उत्पादन नहुँदा ब्याज बढीरहने भएकाले उक्त समस्या हल गर्न सरकारले एउटा प्याकेज ल्याउने आश्वस्थ पारेका छन् । ऋणको साँवा र ब्याज भुक्तानीको समस्या नहोस् भनेर पहिलो चरणमा ल्याएको राहत प्याकेजले हल गर्ने बताए । संक्रमणको अवधि लम्बिएकाले दोस्रो चरणको प्याकेजमा जानुपर्ने अवस्था आएको छ, उनले भने, आउँदो नीति तथा कार्यक्रम र बजेटसम्ममा मध्यकालीन र दीर्घकालीन योजना आउने छन् ।

राजस्व खर्च गर्न नसक्दा बजारमा तरलता अभाव हुने संकेत गर्दै उनले स्थानीय तहको रकम खर्च हुन नसके उक्त रकमलाई वाणिज्य बैंकको माध्यमबाट प्रवाह गर्ने बताए । बैंकिङ प्रणालीमा तरलता उत्पन्न हुनसक्ने बताउँदे उनले तरलता अभाव पूर्ति गर्नका लागि काम गर्नुपर्ने उल्लेख गरे । उनले बैंकहरुले विदेशबाट ल्याउने ऋणलाई बढाउनुपर्ने बताउँदे यो प्रणालीलाई थप प्रभावकारी बनाउने उल्लेख गरे । उनले आइएफसी र सीडीसी जस्ता संस्थाहरुसँग छलफल गरेर अघि बढ्ने बताए । दोस्रो चरणको राहतमा सरकारले थप लचकता ल्याउने भन्दै अब बजेट र नीति कार्यक्रम मार्फत नयाँ राहत ल्याइने बताए । विश्व बैंक, एशियाली विकास बैंक, पूर्वाधार विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत संस्थाहरुले बजेट विनियोजन गर्ने बताउँदै ठुलो आर्थिक संकट नआउनेमा आश्वस्त पारे । रेमिट्यान्स घटेर आर्थिक तरलतामा समस्या आउनसक्ने पनि उनले बताए । विदेशी लगानी परिचालन गर्न सक्ने क्षमता भएको उल्लेख गर्दै त्यसतर्फ पनि सरकार तयारी रहेको बताए ।

अर्थमन्त्री डा खतिवडाले लकडाउन अबधि थपिएका कारण बैंकिङ कर्जा सम्बन्धि दोस्रो राहत प्याकेज ल्याउने तयारी भएको बताएका छन् । उनले लकडाउन अबधि थपीएकाले पहिलो प्याकेजमा केही थप गरी अर्को प्याकेज ल्याइने बताए । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको भेटमा उनले संकटको अवस्थामा सरकारले सीमित स्रोत र साधनको उपभोगमा निति तथा कार्यक्रम ल्याउनुपर्ने उल्लेख गर्दै राज्यसँग कम पैसा भएको बताए । उनले अहिलेको अबस्थामा पुँजी र उत्पादनलाई जोगाउनु महत्वपूणर्म हुने बताए । अबस्था सामान्य हुनेवित्तीकै उत्पादन क्षेत्रमा लगानी बढाइने पनि उनले बताए । राजस्वका आधार सीमित भएका कारण खर्च धान्न पनि सरकारलाई हम्मे हम्मे परेको उनको भनाई थियो ।

Ad