सन्तोष न्यौपाने / नेपाल एउटा विकाशोन्मुख तथा कृषिप्रधान राष्ट्र हो । यहाँ विकासका सम्भावना प्रचुर रुपमा भएपनि आवश्यक पुँजीको अभावले गर्दा सोचे अनुरुप विकासका कार्यले गति लिन सकेको छैन । भौगोलिक विकटता र मानिसहरुको बिभाजित बसोबास यस्को प्रमुख समस्याको रुपमा रहेको छ। औद्योगिक क्षेत्र र त्यस्लाई आबश्यक पर्ने कच्चापदार्थको दुरिले गर्दा दुवानीमा देखिएको समस्या र सरकारको उचित व्यवस्थापन र नितिनियमको अभावले उधोग क्षेत्रले फड्को मार्न सकेको छैन । पर्यटन र बिजुली उत्पादन नेपाल को प्रचुर सम्भावना बोकेका व्यसाय भएपनि कोरोनाको प्रभावले पर्यटन क्षेत्रलाई ठुलो धक्का दिएको छ । नेपालमा विभिन्न कुराहरुको प्रचुर सम्भावना देखिएता पनि पुँजी अभावको कारणले गर्दा विकासशिल अवस्थाबाट विकसित हुन नसकेको अवस्था छ । तर विश्व जगतको विकासको फड्कोलाई हेर्दा बैंकिङ सेवाले पुर्याएको योगदान धेरै प्रशंसनिय छ। इतिहासलाई फर्केर हेर्दा औद्योगिक विकासको सुरुवात पहिले भएपनी बैंकिङ क्षेत्रको विकासले मात्रै अन्य विकासको गति लिएको देखिन्छ । लाभकर देखि लिएर रोजगार लगानी र पुँजिबजारको विकासले देशलाई बैंकिङ क्षेत्रबाट मनग्य फाइदा भैरहेको देखिन्छ । सामाजिक उत्तरदायित्व अन्तर्गत पनि देशमा बै्किङ क्षेत्र अबब्ल नै देखिन्छ। नेपालमा बैंक तथा बित्तिय संस्थालाई चार भागमा बाँडिएको छ। सबै वर्गको काम कोर बैंकिङको रुपमा मिल्दोजुल्दो देखिएता पनि यी आफैमा आफ्नो कार्य र बिशेषताले पृथक रहेका छन् । बाणिज्य बैंकले वाणिज्य क्षेत्रको बिकास र बिस्तारमा जोड दिएको पाइन्छ । बिकास बैंकहरुले विभिन्न पुर्वाधारहरुको निर्माणका साथै देशलाई विकसित बनाउने हर क्षेत्रको विकासमा लागि परेका हुन्छ्न ।
कृषिको बिकास : देशको कृषि क्षेत्रको बिकासको लागि विकास बैंकहरुको भूमिका महत्वपूर्ण छ । विशेषगरी उत्पादन क्षेत्रमा विकास बैंकहरुको लगानी पनि बढी छ । कृषिको विकास गर्ने उद्येश्यले सरकारले कृषि विकास बैंकको स्थापना गरेको पाइन्छ । वाणिज्यस्तरको बैंक भएपनि कृषि विकास बैंक कृषि क्षेत्रमा लगानी गर्ने उद्येश्यले स्थापीत भएको हो । सस्थागत ऋण प्रदान गर्न तथा उत्पादकत्वमा वृद्धि गर्ने उदेश्यले यस्ता बेंकहरु स्थापित भएका हुन्छन् । यसबाट कृषकहरुको जिवनस्तरमा उत्थान हुनुका साथै साना किसानहरुले सजिलै ऋण प्राप्त गर्न सक्दछन ।
औद्योगिक तथा पूर्वाधार बिकास बैंकहरु : देशको औद्योगिक बिकासको लागि बित्तीय तथा प्राबिधिक सहयोग तथा प्रबर्द्धनको लागि स्थापित भएका औघोगीक बैंकहरु विकासको अर्को मोडालीटी हो । नेपालमा यस्ता बेंकहरु स्थापीतच भएका छैनन् । नेपालमा हालै पूर्वाधार विकास बैंकको स्थापना भएको छ । जसको लक्ष पूर्वाधारको विकासमा सरकारलाई सघाउने रहेको छ । नेपालमा औधोगिक विकास बैंकहरु संचालन हुनु आबश्यक छ । त्यस्ता बैंक जसले औद्योगिक बिकासमा मात्रै लगानी गरेका हुन् । उद्धमीहरुलाई ऋण प्रदान गर्ने उदेश्यबाट यी बैंकहरु प्रेरित हुने गर्दछन् । देशको औद्योगिक विकासको लागि आवश्यक पर्ने पुर्वाधारहरु प्रदान गर्ने हेतुले औद्योगिक विकास बैंकहरु स्थापित भएको हुन्छ। जसले सरकारी तथा निजि दुवै क्षेत्रमा वित्तिय सहयोग तथा पुँजी परिचालन गरि देश विकासमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अहम भुमिका निर्वाह गर्दछ। मुख्य रुपमा औद्योगिक विकास, पिछडिएका वर्गको उत्थान, रोजगारीकोको आकर्षक अवसर, निर्यात प्रबर्द्ध, आयात प्रतिस्थापन गर्नेका साथै आधुनिकतालाई प्रोत्साहन र प्राविधिको बिकास जस्ता कुरामा यसको महत्त्व अपार देखिन्छ।
ग्रामिण बिकास बैंक : ग्रामिण क्षेत्रमा बसोबास गर्ने मानिसहरुको आम्दानी सिर्जना गर्ने हेतुबाट सामुहिक ग्यारेन्टीमा बिना धितो लघुकर्जा उपलब्ध गराउने उदेश्यले ग्रामिण बिकास बैंकको स्थापना भयेको हुन्छ । बंगलादेशबाट सुरु भएको माइक्रोफाइनान्सको अबधारण यही थियो । प्राय गरि विपन्न बर्गसम्म पुग्ने र महिलाहरुको सशक्तीकरण गर्नको लागि विभिन्न तालिम मार्फत यी बैंकले स्वरोजगारको भावनालाई प्रेरित गरेका हुन्छन् । सरकार, नेपाल राष्ट्र बैंक र बाणिज्य बैंकको संयुक्त लगानीमा यी बैंक स्थापित हुन्छन् ।
नेपालमा हाल संचालीत विकास बैंकहरु प्राइभेट स्तरबाट खोलिएका वित्तीय संस्था हुन् । तर यस्ता विकास बैंकहरुको उद्येश्य भने यहाँ भइरहेको भन्दा फरक हो । उनीहरुको स्थापना र बिस्तार नागरिकलाई बित्तीय सहयोग र प्रबिधि प्रदान गरि देशमा क्षमता र उत्पादकत्व बढाउने उद्येश्यले भएको हो । यसरी स्थापीत बैकहरुले नागरिकको क्षमताको आधारबाट कर्जा प्रदान गरी उद्यमशीलताको विकास गराउने हो ।
नेपालको सन्दर्भ : नेपालमा रहेका चारै प्रकारका बैंक वित्तीय संस्थाहरुमध्ये माइक्रोफाइनान्स बाहेक बैंक, विकास बैंक र फाइनान्स कम्पनीका कामहरु उस्तै उस्तै देखिन्छन् । फाइनान्स कम्पनीले गर्ने कामहरु बैंकले गर्नु र बैंकले गर्ने कामहरु फाइनान्सले गर्नुले पनि यस्तो देखिएको हुन सक्छ । यस कारण यी वित्तीय संस्थालाई आआफ्नो नाम अनुसारका काममा अघि सार्नका लागि नियमनकारी निकाय नेपाल राष्ट्र बैंककले पहल चाल्नुपर्ने देखिन्छ । अन्यथा बैंकवित्तको वर्गीकरण प्रभावकारी देखिँदैन ।




