Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

मुक्तिनाथ विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग

२०८३ भाद्र १४ गते

काठमाडौं /  मुक्तिनाथ विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ।
भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीका कारण टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, त्रिशूली, देवीघाट लगायतका क्षेत्रमा पुगेको क्षतिलाई मध्यनजर गर्दै बैंकले उक्त सहयोग गरेको हो ।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। विपद्मा ज्यान गुमाएका व्यक्तिहरूप्रति बैंकले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ प्रदान गरेको जनाएको छ।विपद्को कठिन समयमा प्रभावित परिवार तथा समुदायलाई सहयोग गर्नु बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गतको महत्वपूर्ण पहल भएको बैंकले जनाएको छ ।