July 8th, 2016

३ वर्षको लेखा परीक्षण एकैसाथ गर्दै राष्ट्रिय बीमा कम्पनी

bima cराष्ट्रिय बिमा कम्पनीले तीन आर्थिक वर्षको लेखा परीक्षणको काम अघि बढाउने भएको छ । कम्पनीले आर्थिक वर्ष २०६८–२०६९ देखि आव २०७०–७१ सम्मको लेखा परीक्षण गर्ने तयारी गरेको हो । कम्पनीले विगत चार वर्षयताको लेखा परीक्षण गरेको नगरेको भए पनि तत्काल भने ३ वर्षको मात्रै लेखा परीक्षण गर्न लागेको हो ।
 
यसका लागि प्रारम्भिक प्रक्रिया अघि बढएको कम्पनीले जनाएको छ । नेपालमा दर्ता भएका क वर्गका लेखा परीक्षण संस्थाबाट परामर्श सेवा लिएर मात्र काम अघि बढाइने कम्पनीको योजना छ । यसका लागि कम्पनीले लेखा परीक्षणसम्बन्धी परामर्श सेवा दिने संस्थाको खोजी गरिरहेको छ । कम्पनी छनोट भएपछि लेखा परीक्षणको काम सुरू हुने बताइएको छ ।