April 12th, 2020

महालक्ष्मी लाईफ इन्स्योरेन्स र प्रमुख कार्यकारी अधिकृतबाट कोरोना उपचार कोषमा रकम जम्मा

बैंकिङ खबर । विश्वपव्यापी महामारीको रूपमा फैलिदै गएको कोरोना भाइरस ९कोभिड(१९) को बिरामी नेपालमा पनि देखा परिसकेको छ। विश्वका सम्पन्न र विकसित राष्ट्र समेत यो महामारीबाट आफ्ना नागरीकहरूलाई बचाउन संघर्ष गरिरहेका छन् र ठूलो धनराशि रोग नियन्त्रणको लागि खर्च गरिरहेका छन्। नेपालमा साधन श्रोतको अभावमा नेपाली नागरिक रोगले आक्रान्त हुन र मृत्युको मुखमा नपुग्न भनि सरकारले कोशिश गरिरहेको छ। तर सरकार मात्रको प्रयासले यो महामारी नियन्त्रण तथा उपचार संभव नभएकोले सरकारले संघ संस्था र नागरिक संग सक्दो सहयोगको लागि आह्वान गरेको सर्वविदितै छ।
सरकारको सो प्रयासमा सहयोग गर्ने उद्धेश्यले जीवन वीमक संघ नेपालको पहल तथा निर्णय अनुसार महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट ७५०,०००/- (सात लाख पचास हजार मात्र) र प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले आफ्नो मासिक प्राप्त हुने २ महिनाको तलब बराबर ५८४,००० /- (पाँच लाख चौरासी हजार मात्र) राष्ट्रिय बाणिज्य बैंक को कोरोना नियन्त्रण रोकथाम तथा उपचार कोषमा जम्मा गरेको छ ।