Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

व्याज छुट माग्न गएका व्यबसायीहरुसँग अर्थमन्त्रीले उल्टै सरकारलाई राहत मागे

२०७६ चैत्र २८ गते

बैंकिङ खबर । कोरोना भाइरसको संक्रमण र यसको प्रभावले उद्योग धन्दा चौपट भएको चन्दै व्याज छुट र राहत योजना मागेका व्यबसायीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले उल्टै सरकारी राहात कोषमा धेरै रकम जम्मा गर्न लगाए । शुक्रबार उद्योगी व्यवसायीको टोली अर्थमन्त्रीलाई भेटेका हुन् । कोरोना संक्रमणले ठूलै संकट निम्त्याउन लागेपछि लकडाउनका कारण उद्योग व्यवसाय ठप्प छ । यस्तो बेला बैंकको व्याज मिनाहा हुनुपर्ने उद्योगी व्यबसायीको भनाई छ । बैंकको व्याज र यससँग सम्बन्धित विषयमा गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेर अघि बढ्ने अर्थमन्त्रीले बताए । विभिन्न देशहरुले यो अबस्थनामा नागरिकका लागि राहात प्याकेज घोषणा गरेका छन् । उद्योगी व्यबसायीले यस्तो अबस्था लम्बीए उद्योग बन्द गर्न चाहानेलाई सरकारले सहजीकरण गर्न पनि माग गरे । तर अर्थमन्त्री खतिवडाले सरकारले स्थापना गरेको कोरोना संक्रमण तथा रोकथाम नियन्त्रण कोषमा धेरै पैसा जम्मा गर्न नीजि क्षेत्रलाई आग्रह गरे । अहिलेसम्म कोषमा दुई अर्ब रुपैयाँ मात्रै जम्मा भएको अर्थमन्त्रीले बताए । अर्थमन्त्रीबाट आर्थिक प्याकेज र व्याज मिनाहाको आशा गरेका उद्योगी व्यबसायी निराश भएर फर्किएका छन् । उद्योग वाणिज्य महासंघको नेतृत्वमा उद्योगी व्यबसायीहरु अर्थमन्त्रीलाई भेट्न पुगेका थिए ।

Ad