बैंकिङ खबर । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्यूठान जिल्ला स्थित अस्पतालहरुमा वितरण गर्नका लागि ५० थान Personal Protection Equipment (PPE) उपलब्ध गराएको छ । कम्पनीले आज उक्त स्वास्थ्य सम्बन्धी सामाग्रीहरु प्यूठान जिल्ला, प्यूठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपति मार्फत् सहयोग उपलब्ध गराएको थियो । उक्त अवसरमा प्यूठान नगरपालिका प्रमुख कक्षपतिले प्रभु लाइफ इन्स्योरेन्स प्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गर्नु भएको थियो ।
इन्स्योरेन्स
प्रभु लाइफ इन्स्योरेन्सले अस्पतालहरुमा वितरण गर्न ५० थान पीपीई उपलब्ध गरायो
२०७६ चैत्र २८ गते
