Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

अर्को वर्ष नेपाल पुनर्बिमा कम्पनीको आफ्नै भवन 

admin २०७३ असार २३ गते
सेयर:

reinsuranceनेपाल पुनर्बिमा कम्पनीले आफ्नै भवन निर्माण गर्ने भएको छ । कम्पनीले हालै खरिद गरेको नयाँ बानेश्वरस्थित घडेरीमा भवन निर्माण गर्ने भएको हो । कम्पनीले गत वर्ष मात्रै नेपाल बैंकसँग ४ रोपनी १० आना क्षेत्रफल भएको घडेरी करिब ३६ करोड रुपैयाँमा किनेको थियो । सोही घडेरीमा आगामी आर्थिक वर्षदेखि भवन निर्माण कार्य सुरु गर्ने कम्पनीले जनाएको छ । 

नेपाल पुनर्बिमा कम्पनीको नेपालको पहिलो र एकमात्र पुनर्बिमा कम्पनी हो । नेपाल सरकार तथा बिमा कम्पनीहरूको संयुक्त लगानीमा कम्पनीको स्थापना भएको हो । कम्पनीमा जीवन बिमा कम्पनीहरूको हिस्सा १८.०६ छ भने निर्जीवन बिमा कम्पनीहरूको हिस्सा ३८.३९ प्रतिशत छ । त्यस्तै नेपाल सरकारको ४३.५५ प्रतिशत हिस्सा छ । दुई वर्षअघि स्थापना भएको नेपाल पुनर्बिमा कम्पनीले नेपाली बिमा कम्पनीहरूको कुल व्यवसायको कम्तीमा पनि ५ प्रतिशत पुनर्बिमा गर्दै आएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।