April 6th, 2020

को हुन् नयाँ गभर्नर महाप्रसाद अधिकारी ?

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । मन्त्रिपरिषदको आजको बैठकले अधिकारीलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको हो। उनी अर्थमन्त्री निकट मानिन्छन् । यसअघि अर्थमन्त्री खतिवडा नेतृत्वको सिफारिस समितिले अधिकारी सहित चिन्तामणि सिवाकोटी र राजन खनालको नाम सिफारिस गरेको थियो। 

महाप्रसाद अधिकारी चार्टर एकाउन्टेन हुन् । उनी यस अघिको गभर्नरको दौडमा पनि सिफारीसमा परेका थिए । महाप्रसाद अधिकारी विशेषगरेर अर्थमन्त्री युवराज खतिवडाका दाहीने हात मानिन्छन् । उनलाई अर्थमन्त्रीले गभर्नर बनाएका हुन् ।  अर्थमन्त्री खतिवडा गभर्नर हुँदा उनले नै अधिकारीलाई डेपुटी गभर्नर बनाएका थिए । हाल लगानी बोर्डमा प्रमुख कार्यकारी अधिकृतका रुपमा पनि उनलाई खतिवडाले नै ल्याएका हुन् । अधिकारी २ दशक भन्दा बढी राष्ट्र बैंकमा काम गरेर डेपुटी गभर्नरबाट विदा भएका थिए । उनले कार्यकारी निर्देशक भएर लामो समय काम गरे । डा. युवराज खतिवडालाई गभर्नरको कार्यकालमा सफल बनाउने काममा पनि अधिकारीको ठुलो भूमिका मानिन्छ । उनी बैंकिङ क्षेत्रमा लामो अनुभव भएका व्यक्ति मानिन्छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]