Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अत्यावश्यक वस्तुको ‘व्यापार व्यवसाय गर्न’ पाँच दिन भित्रै बैंकबाट ऋण पाइने

२०७६ चैत्र २३ गते

बैंकिङ खबर । कोरोना संक्रमणको समयमा अत्यावश्यक सामग्री उत्पादन तथा वितरणको लागि पाँचदिनमै बैंकहरुले कर्जा दिने भएका छन् । सरकारले तोकेका विभिन्न अत्यावश्यक वस्तुको व्यापार व्यवसाय गर्नेका लागि उक्त कर्जा दिइने भएको हो । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको सर्कुलरमा लकडाउनका बेला संचालन हुने र सरकारले तोकेको अत्यावश्यक बस्तु संचालनका लागि यो सेवा उपलव्ध गरिएको जनाइएको छ । राष्ट्र बैंकको सर्कुलरमा कोेभिड १९ को रोकथाम नियन्त्रण तथा उपचार क्षेत्रमा प्रयोग हुने स्वास्थ्यसँग सम्बन्धित तथा विभागले सूचिकृत एवं सिफारिस गरेका स्वास्थ्योपचार सम्बन्धी वस्तुलाई यस किसिमको सुविधा उपलव्ध छ । यसबाहेक अत्यावश्यक उपकरणहरु, औषधी, खाद्यान्न लगायत अत्यावश्यकको सूचिमा अंकीत भएका वस्तुको उत्पादन ओसारपसार तथा विक्रि वितरण सहज बनाउने कार्यका लागि यस्तो कर्र्जा व्यबस्था गरिएको छ । ‘सर्कुलरमा भनिएको छ ‘अत्याबश्यक सामग्रीको व्यापार व्यबसायमा संक्षिप्त प्रक्रिया पुरा गरी पाँच दिनभित्र कर्जा प्रदान गर्नुपर्नेछ ।’

 

Ad