April 1st, 2020

एनसेलले पुँजीगत लाभरवापत थप चार अर्ब ६० करोड बुझायो, अब कति बाँकी ?

बैंकिङ खबर । एनसेलले पुँजीगत लाभकरवापत थप चार अर्ब ६० करोड रुपैयाँ बुझाएको छ। योसँगै एनसेलले पुँजीगत लाभकरवापत मात्रै अहिलेसम्म ३३ अर्ब रुपैयाँ हाराहारी रकम सरकारलाई बुझाएको छ। एनसेलले अब १४ अर्ब रुपैयाँ हाराहारीमा लाभकर बुझाउन बाँकी छ।

एनसेलले सुरुमा अग्रिम लाभकरवापत कुल लाभको १५ प्रतिशतले हुने २२ अर्ब रुपैयाँ सरकारलाई बुझाएको थियो। त्यसपछि बाँकीको १० प्रतिशत लाभकर कोसँग असुल गर्ने भन्ने विवाद सुरु भएको थियो, जसमा सर्वोच्च अदालतको फैसलापछि एनसेलको सेयर कारोबारमा भएको लाभमा बाँकीको १० प्रतिशत कर भुक्तानीको प्रक्रिया सुरु भएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]