ग्राहकलाई बैंकिङ कारोबारसम्बन्धी असुविधा हुन नदिने बैंकर्सको प्रतिवद्धता

बैंकिङ खबर । वाणिज्य बैंकहरुले आफ्ना ग्राहकलाई बैंकिङ कारोबारसम्बन्धी असुविधा हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । बुधबार बसेको बैंकर्स संघको अनलाइन बैठकले विद्यमान महामारीको सामना गर्न सरकारले घोषणा गरेको लक डाउनको समयमा आफ्ना ग्राहकहरुलाई असुविधा हुन नदिने निर्णय गरेको छ ।

यसका लागि बैंकहरुले एटीएममा नियमित रुपमा नगद भर्नेे, एटीएम नभएका ब्रान्चहरु केही समयका लागि खुला राख्ने, कुनै जिज्ञासा भएमा इमेल वा टेलिफोन लगायत डिजिटल प्लाटफर्म उपलब्ध हुने, एलसी, ग्यारेन्टी लगायतका अत्यावश्यक सेवाका लागि सम्बन्धित बैंकमा सम्पर्क गर्न सकिने लगायतका सुविधा प्रदान गर्ने भएका छन् ।

बैंकमा रहेको ग्राहकहरुको रकम सुरक्षित रहेको विश्वास दिलाउँदै बैंकहरुले आफ्नो पैसा निकाल्न उनीहरु स्वतन्त्र रहेको बताएका छन् । स्यानिटाइजर, मास्क लगायत आवश्यक स्वास्थ्य र सुरक्षाका सामानहरु ब्रान्चमा उपलब्ध गराइने समेत संघद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । बैंकहरुले बैंकमा उपस्थित हुनुको सट्टा सकेसम्म डिजिटल बैंकिङको प्रयोग गरी महामारीको प्रभाव न्युनीकरण गर्न सघाउन आह्वान समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *