March 22nd, 2020

कोरोना रोकथाम र नियन्त्रणका लागि नेपाल बैंकद्धारा १ करोड सहयोग घोषणा

बैंकिङ खबर । कोरोनाभाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि बैंक वित्तीय क्षेत्रले सरकारलाई आर्थिक सहयोग गर्न थालेका छन् । यसैक्रममा नेपाल बैंकले १ करोड सहयोग गर्ने घोषणा गरेको छ । नेपाल बैंकले विश्वभर फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि मानवीय विपतको अबस्थालाई मध्यनजर गरी उक्त सहयोग घोषणा गरेको हो । विपतको घडीमा देशमा कोरोनाको संक्रमण फैलन नदिन एवं रोकथाम र नियन्त्रण गर्न सरकारको पहलकदमीलाई साथ दिन उक्त सहयोग रकम घोषणा गरेको बैंकले जनाएको छ । संभावित जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि बैंकबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारले निर्धारण गरेको उपयुक्त कोषमा जम्मा हुने गरी उक्त रकम प्रदान गर्ने बैंकको सञ्चालक समितिको बैठकबाट निर्णय भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।