बैकिङ खबर । कोरोना प्रभावका कारण आज आइतबारदेखि सेयर कारोबार पूर्ण रुपमा बन्द हुने भएको छ । अत्यवाश्यक सेवाको सूचीमा सेयर बजार नभएकोले सेयर कारोबार बन्द हुने भएको हो । तथापि बैंक र बीमा क्षेत्र भने खुल्ला रहने छ । अन्तराष्ट्रिय स्तरमै सेयर बजारमा निकै गिरावट आएको छ । फिलिपिन्स र अमेरिका जस्ता शक्तिशाली मुलुकको समेत सेयर बजारमा अत्यन्तै गिरावट आएको छ । नेपालको सेयर बजारमा केही सकारात्मक अबस्था देखिएकै बेला कोराना भाइरसको संक्रमणले यो क्षेत्र कम्जोर भएको हो ।