Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अत्यावश्यक सेवामा रहेको कारण बैंक र बीमा बन्द नहुने

२०७६ चैत्र ७ गते

बैंकिङ खबर । कोरोनाका संत्रासका कारण देशका अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द हुने भएको छ । अत्यावश्यक सेवाको सूचीमा बैंकिङ क्षेत्र रहेको हुँदा यस क्षेत्र भने बन्द नहुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै चैत ९ गतेदेखि चैत २१ गतेसम्म देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु बन्द हुने घोषणा गर्नुभएको छ । यस अत्यवाश्यक सेवाको सूचीमा बैंक र बीमा समावेश रहेकोले बैंकिङ र बीमा सेवा भने सुचारु रहनेछ । तर आउँदो आइतबारदेखि सेयर कारोबार भने बन्द हुने भएको छ । अत्यवाश्यक सेवाको सूचीमा सेयर बजार नभएकोले सेयर कारोबार बन्द हुने भएको हो ।
यस्तै ओलीले विद्युतीय माध्यमबाट प्रवाह गर्न सम्भव हुने निजी क्षेत्रका सेवाहरू सम्बन्धित कर्मचारी र सेवाप्रदायकले घरबाटै प्रदान गर्न प्रोत्साहित गरिने बताउनुभएको छ ।

Ad