शेयर बजारमा कोरोना प्रभाव ? परिसूचकमा भारी गिरावट

बैंकिङ खबर । यो साताको शेयर बजारमा कोरोनाको नकारात्मक प्रभाव देखिएको छ । नेप्से परिसूचकमा भारी गिरावट आएको छ । गत साता १३७७.१८५ अंकमा बन्द भएको बजार यो साता १२६९.६५६४ अंकमा कायम भएको छ ।

पाँच दिनमा आठ अर्ब २६ करोडको कारोबार भएको छ । गत साता तीन दिनमा पाँच अर्ब ५० करोडको कारोबार भएको थियो । नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ६० करोड ८५ लाखको कारोबार भएको छ । त्यसपछि धेरै कारोबार हुनेमा क्रमशः एनआईसी एशिया बैंक, हिमालयन बैंक, एनएमबि बैंक, नेपाल बैंक, शिभम सिमेन्ट्स, नविल बैंक, ग्लोबल आईएमई बैंक, प्रभु बैंक र एभरेष्ट बैंक रहेका छन् ।

त्यस्तै, सबैभन्दा धेरै कित्ता शेयरको कारोबार एनएमबि बैंकको भएको छ । बैंकको १०६५ कित्ता शेयर खरिदविक्री भएका छन् । त्यसपछि धेरै कित्ता शेयर कारोबार हुनेमा क्रमशः एनआईसी एशिया बैंक, नेपाल बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, नेपाल लाइफ इन्स्योरेन्स, एनसीसी बैंक, मेगा बैंक, एनबि बैंक र सानिमा बैंक रहेका छन् ।

सबैभन्दा धेरै पटक शेयरको किनबेच हुनेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ, जसको शेयर ४४३९ पटक किनबेच भएका छन् । त्यसपछि सबैभन्दा धेरै पटक शेयर किनबेच हुनेमा एनएमबि बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक, ग्लोबल आईएमई बैंक, नविल बैंक, नेपाल बैंक, प्रभु बैंक, शिभम सिमेन्ट्स र मेगा बैंक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *