बैंकिङ खबर । नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिकोको “अत्यावश्यक कामका बाहेक आवतजावत, हिडडुल नगर्ने , सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला नहुने, स्कूल, कलेज, सरकारी, सामूदायिक तथा निजी क्षेत्रका तालिम केन्द्र तथा प्रतिष्ठानहरु एवं निजी क्षेत्र क्षेत्रका शैक्षिक परामर्श केन्द्रहरुबाट संचालित कार्यक्रमहरु बन्द गर्ने” लगायतका विभिन्न १८ निर्णय र आज बोर्डमा धितोपत्र बजार सम्बद्ध विभिन्न पाँच लगानीकर्ता संघले पेश गरेको ज्ञापन पत्र तथा उक्त पाँच लगानीकर्ता संघहरुका प्रतिनिधिहरु, स्टक एक्सचेञ्जका उच्च पदाधिकारीहरु, स्टक ब्रोकर एशोसिएसनका पदाधिकारी र बोर्डका पदाधिकारीहरु वीच कोरोना भाइरस (COVID-19) का कारणबाट फैलिएको त्रास र यसवाट विभिन्न आर्थिक गतिविधिहरुमा परेको प्रभाव तथा असर सम्बन्धमा छलफल भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । उक्त छलफल पश्चात् नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको पछिल्लो निर्णय र बजार सम्बद्ध पक्षहरुको हालको परिस्थिति प्रतिको चासो तथा गाम्र्भिएता समेतलाई दृष्ट्रिगत गरी हाललाई धितोपत्रको दोस्रो बजार कारोवारमा संलग्न पक्षहरुलाई देहाय बमोजिमको व्यवस्था गर्न गराउन अनुरोध गरिएको छ ।
१) धितोपत्र दलाल व्यवसायीहरुले Screen Exhibition Room बन्द गर्ने,
२) कार्यालयमा कर्मचारी बाहेक एक पटकमा पाँच जना भन्दा बढीको संख्यामा ग्राहकको भिडभाड(Que) नहुने व्यवस्था गर्ने,
३) कार्यालयमा कर्मचारीहरु तथा लगानीकर्ताहरु प्रवेश गर्दा हात सफा गर्ने, Sanitizer तथा Mask को प्रयोग र तापक्रम मापन (Temperature Measurement/Health Screening) कार्य गर्ने व्यवस्था गर्ने,
४) कोरोना भाइरस (COVID-19) तथा यसबाट बच्ने उपायहरु सम्बन्धी सूचनामूलक जानकारी प्रवेशद्वारमा राख्ने, र
५) नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मिति २०७६।१२।०५ को सम्बन्धित निर्णयहरु कार्यान्वयन गर्ने व्यवस्था मिलाउने ।
