बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालको कार्यकाल निकै फलदायी र सफल भएको भन्दै बैंकरहरुले गभर्नर नेपालको कामको प्रशंसा गरेका छन् । बैंक तथा वित्तीय क्षेत्रका प्रमुख कार्यकारी अधिकृतहरुले गभर्नर डा नेपालसँगको बिदाई भेटमा यस्तो प्रशंसा गरेका हुन् । कार्यकाल सकिन २ दिन बाँकी हुँदा गभर्नर नेपालले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर एसोशियसन, वित्तीय संस्था संघ, र लघुवित्त बैंकर्स संघका पदाधिकारीहरुसँग बिदाई भेट गरे । उक्त अबसरमा गभर्नर नेपालले बैंकरहरुलाई आफ्नो कार्यकाल सफल बनाउन सहयोग गरेकोमा धन्यवाद् व्यक्त गरे । डा. नेपालको पाँचबर्षे कार्यकाल चैत ५ गते सम्पन्न हुँदैछ ।