बैंकिङ खबर । राष्ट्रिय स्तरको अर्को एउटा विकास बैंक विलय हुन लागेको छ । कैलाश विकास बैंक विहीबारदेखि पूर्ण रुपमा प्राइम कमर्सियल बैंकमा विलय हुने भएको हो । कैलाशलाई गाभेपछि प्राइम कमर्सियल बैंकको नामबाट फागुन २९ गतेदेखि एकीकृत कारोबार हुन लागेको हो ।
प्राप्तिसम्बन्धी प्रस्ताव दुई बैंकको पुस २५ गतेको छुटाछुटै साधारणसभाबाट पारित भएको थियो । नेपाल राष्ट्र बैंकले फागुन १८ गते प्राप्तिको लागि अन्तिम स्वीकृती दिएको थियो ।
एकीकृत कारोबार गर्दा दुबै संस्थाको तथ्याङक एउटै सफ्टवेयरबाट वित्तीय कारोबार गनुपर्ने भएकाले फागनु २८ गते दुबै संस्थाको बैकिङ सेवा, एटिएम एसएमस, इन्टरनेट लगायतका सेवाहरु बन्द हुने सबैंकले जनाएको छ ।