‘एस बैंक’का संस्थापक राणा कपुर पक्राउ

बैंकिङ खबर । पैसाको संकटमा परी डुब्ने अवस्थामा पुगेको भारतको एस बैंकका संस्थापक राणा कपुर पक्राउ परेका छन् । शनिबार बिहान इडीले सोधपुछका लागि कार्यालयमा बोलाउँदा असहयोग गरेपछि उनलाई आइतबार दिउसो ३ बजे गिरफ्तार गरिएको हो । विशेष अदालतले उनलाई ११ मार्चसम्म प्रवर्तन निर्देशनालयमा हिरासतमा राख्न निर्देशन दिएको छ ।

भारतको एउटा ठुलो बैंक डुवेरै ‘कोल्याप्स’ हुने अबस्थामा

गत शुक्रबार इडीले कपुरको समुन्द्र महल टावरमा छापा मार्दा केही कागजपत्र प्राप्त गरेको छ । जसबाट कपुरसँग लन्डनमा पनि केही सम्पत्ति भएको पुष्टि भएको छ । सो सम्पत्तिको स्रोतबारे पनि अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *