March 8th, 2020

नेपाल पुनर्बीमा कम्पनीको आईपिओ चैत्र ४ गतेदेखि

बैंकिङ खबर । नेपाल पुनर्बीमा को एक करोड ६० लाख कित्ता आइपिओमा चैत्र ४ गतेदेखि आवेदन दिन पाइने भएको छ । कम्पनीले निष्काशन गर्न लागेको शेयर मध्ये ७३ हजार ५ सय कित्ता कर्मचारीका लागि र ८ लाख कित्ता सामुहिक लगानी कोषलाई छ्ट्याइएको छ । बाँकी १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

एक सय रुपैयाँ अंकित मूल्यको शेयरमा चैत्र ७ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त मितिसम्ममा शेयर विक्री नभए चैत्र १८ गतेसम्म म्याद थप हुनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

आइपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४० करोड रुपैयाँबाट १० अर्ब कायम हुनेछ। कम्पनीले निष्काशन गर्न लागेको साधारण सेयरका लागि क्रेडिट रेटिङमा आईपिओ ग्रेड २ पाएको छ। शेयर निष्काशनबाट प्राप्त पुँजीको ५ प्रतिशत बस्तु तथा सेवा विकास, २० प्रतिशत पूर्वाधार तथा क्षमता विकास र ७५ प्रतिशत लगानी तथा जोखिम व्यवस्थापनमा लगानी गर्ने कम्पनीको योजना छ ।