March 2nd, 2020

चौतारी र आरम्भ लघुवित्तले पाए मर्जरमा जाने स्वीकृति

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चौतारी लघुवित्त र आरम्भ लघुवित्त वित्तीय संस्थालाई मर्जरका लागि अन्तिम स्वीकृती दिएको छ । दुई संस्थाले एक बराबर एकको शेयर स्वाप अनुपातमा गाभिनका लागि केन्द्रीय बैंकको स्वीकृति पाएका हुन् ।

मर्जरपश्चात् आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार हुनेछ भने केन्द्रीय कार्यालय काभ्रेको बनेपामा हुनेछ ।

आरम्भ र चौतारीबीच गत जेठमा मर्जरको औपचारिक सम्झौता भएको थियो ।