बैंकिङ खबर । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्तले झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको नागबेली लघुवित्तलाई प्राप्ति गर्ने भएको छ । दुई संस्थाबीच फागुन १३ गते मंगलबार प्राप्तीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । स्वाप रेसियो डिडिए प्रतिवेदनका आधारमा तय गरिने समझदारी भएको छ ।
२५ जिल्ला कार्यक्षेत्र भएको मिर्मिरेको चुक्ता पुँजी १२ करोड ८८ लाख रहेको छ भने १० जिल्ला कार्यक्षेत्र भएको नागबेली लघुवित्तको चुक्तापुँजी १६ करोड ७७ लाख रहेको छ ।