Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एउटै बीमालेखमा पति-पत्नीको बीमा नगर्न समितिको निर्देशन

२०७६ फाल्गुन ७ गते

बैंकिङ खबर । एउटै जीवन बीमालेखमा जीवन साथिको सुरक्षण लाभ समावेश नगर्न बीमा समितिले निर्देशन दिएको छ । समितिले एक परिपत्र जारी गर्दै स्वीकृती लिएका र स्वीकृतीका लागि पेश हुने जीवन बीमालेखहरुमा पति-पत्नीको सुरक्षणको लाभ समावेश नगर्न निर्देशन दिएको हो ।

हाल जीवन बीमा कम्पनीहरुले एक जनाको बीमा शुल्क लिएर दुवै जनाको जोखिम बहन हुने गरी दम्पति बीमा योजनाहरु बिक्रि गर्दै आईरहेका छन् ।