February 19th, 2020

नेपाल पुनर्बिमा कम्पनीले पायो आईपिओ निष्काशन गर्ने अनुमति

बैंकिङ खबर । नेपाल पुनर्बिमा कम्पनीले एक अर्ब ६० करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले एक करोड ६० लाख कित्ता शेयर निष्काशन गर्ने छ । आईपिओ निष्काशनको लागि कम्पनीले आरबिबि मर्चेन्ट बैंकिंङलाई शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ८ अर्ब ४० करोड रहेको छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १० अर्ब पुग्नेछ ।