February 12th, 2020

राष्ट्रिय वाणिज्य बैंकले कमायो सर्वाधिक नाफा, अन्य सूचक कस्तो छ ?

बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा दुई अर्ब २० करोड ९४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० करोडले घटेको भएपनि सबैभन्दा बढी हो । बैंकको सवतणयोग्य नाफा भने एक अर्ब नौ करोड रुपैयाँ मात्रै रहेको छ ।

छ महिनामा पाँच अर्ब छ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकको संचालन मुनाफा तीन अर्ब छ करोड रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा नौ अर्ब चुक्तापुँजी रहेको बैंकले जगेडाकोषमा १२ अर्ब ४८ करोड रुपैयाँ राखेको छ । यो अवधिमा एक खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकले एक खर्ब ४७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा बढेर ४.७७ प्रतिशत पुगेको छ भने सिसिडी रेसियो ७२.६६ प्रतिशत, पुँजीकोष १३.१५ प्रतिशत, कोषको लागत ४.०५ प्रतिशत, आधार व्याजदर ६.६० प्रतिशत र स्प्रेड रेट ५.५३ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]