February 12th, 2020

स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई गाभ्ने

बैंकिङ खबर । स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई गाभ्ने भएको छ । दुई संस्थाबीच मंगलबार सम्झौता भएको हो । स्वरोजगारले जनकपुरलाई १००ः७० को स्वाप रेसियोमा गाभ्न लागेको हो । अन्तिम स्वाप भने डिडिए प्रतिवेदनको आधारमा तय हुने छ ।

हाल स्वरोजगार लघुवित्तको चुक्ता पूँजी ३४ करोड १६ लाख १२ हजार छ भने जनकपुर लघुवित्तको चुक्ता पूँजी तीन करोड ४७ लाख ५० हजार रुपैयाँ छ । प्राप्तिपछि कम्पनीको चुक्ता पुँजी ३६ करोड ५९ लाख रहेको छ ।