प्रभु बैंकको नाफा १ अर्ब ८ करोड


बैंकिङ खबर । प्रभु बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासको सार्वजनिक गरेको वित्तीय विवरणमा १ अर्ब ८ करोड रुपैंया नाफा कमाएको जनाएको छ । अघिल्लो वर्ष सो बैंकको नाफा १ अर्ब ४ करोड रुपैंया थियो । बैंकले गत वर्षको भन्दा ४.२२ प्रतिशतले नाफामा सुधार गरेको हो ।

बैंकले पुस मसान्तसम्ममा १ खर्ब १५ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ९४ अर्ब ७४ करोड बराबरको कर्जा प्रवाह गरेको छ ।
पुस मसान्तसम्म बैंकको जगेडा कोषमा ३ अर्ब ८५ करोड रुपैंया छ ।