तेस्रो पक्ष बीमामा पुल प्रणाली लागु

बैंकिङ खबर । तेस्रो पक्ष बीमामा पुल प्रणाली लागु भएको छ । निर्जीवन बीमक संघले मोटरको तेस्रो बीमामा पुल बनाउने निर्णय गरेको हो । अब तेस्रोपक्ष बीमा बापत आउने प्रिमियम सबै कम्पनीले अन्य क्षेत्रबाट गरेको प्रिमियमको आधारमा दामासायी रुपमा बाड्ने छन् ।

बीमक संघका अनुसार सबै प्रदेशमा रहेका १८ यातायात कार्यालयहरुमा निर्जीबन बीमा कम्पनीको ६० वटा कार्यालय रहने छन् । संघले कुन बीमा कम्पनी कुन कार्यालयमा जाने भनेर चिठ्ठा प्रथाबाट टुंगो लगाएको हो । आवश्यक अनुसार कम्पनीहरुले शाखा थप्न पनि सक्नेछन् ।

इन्स्योरेन्सले आर्जन गरेको बीमांक रकमको बाँडफाड कम्पनीको अन्य पोलिसी अनुसार हुने छ । यस निर्णयले बीमा क्षेत्रको अस्वस्थ प्रतिष्पर्धा कम हुने अपेक्षा गरिएको छ । त्यस्तै, तेस्रो पक्ष बीमामा कम्पनीहरुले खर्च गर्दै आएको २५।३० करोड रकम पनि जोगिने भएकाले कम्पनीहरुको नाफा वृद्धिमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.