Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

वैदेशिक रोजगार विभाग र एनसीएचएलबीच अनलाइन भुक्तानीको सम्झौता

२०७६ माघ १४ गते

बैंकिङ खबर । वैदेशिक रोजगार विभाग (DoFE) ले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)बीच एनसीएचएलको connectIPS e-Payment प्रणाली मार्फत DoFE को अनलाइन भुक्तानी संकलनका निम्ति सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईँ तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानद्वारा विभागका महानिर्देशक भीष्मकुमार भुसाल र एनसीएचएलका पदाधिकारीहरूको उपस्थितिमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पश्चात वैदेशिक रोजगार विभागका सम्पूर्ण भुक्तानीहरु connectIPS e-Payment प्रणाली मार्फत वैदेशिक रोजगार कर्मीहरु तथा अन्य संस्थाहरुका बैंक खाताबाट सोझै तोकिएको बैंक खातामा प्राप्त गर्न सकिनेछ । connectIPS e-Paymentk प्रणालीमा आबद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ग्राहकहरुले connectIPS र विभिन्न बैंकिङ च्यानलहरुबाट यी भुक्तानीहरु गर्न सक्नेछन । प्रारम्भिक रुपमा यस प्रणाली मार्फत वैदेशिक रोजगारकर्मीहरुले तोकिएका बीमा कम्पनीहरुमा अनिवार्य आवधिक बीमाका निम्ती बुझाउनु पर्ने बीमा प्रिमियम शुल्क सोझै बैंक खाताबाट जम्मा गर्न सक्नेछन् भने पछिल्लो तहमा कल्याण्कारी कोषमा अनिवार्य जम्मा गर्नु पर्ने रकम, भाषा परिक्षण शुल्क, कम्पनी नविकरण शुल्क लगायतका विभिन्न भुक्तानीहरु पनिअनलाईन मार्फत भुक्तानी गर्न सकिने छ ।

वैदेशिक रोजगार विभाग र एनसीएचएलबीच भएको यस सम्झौताले विभागको e-Payment लागू गर्ने उदेश्यलाई टेवा पुर्याउनुका साथै सर्वसाधारणलाई पनि अनलाईन माध्यममार्फत भुक्तानीगर्न सहज वातावरण प्रदानगर्ने अपेक्षा गरिएको छ ।

वैदेशिक रोजगार विभाग वैदेशिक रोजगार ऐन, २००८ अन्तर्गत श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयको मातहतमा रहेको नियामक निकाय हो । वैदेशिक रोजगार क्षेत्रलाई थप सुरक्षित, व्यवस्थित र सभ्य बनाउने र आप्रवासी कामदारहरूको अधिकारको रक्षागर्नका लागिविभागले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरेको छ ।

एनसीएचएल नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरुबाट प्रबद्र्घित कम्पनी होे जसले राष्ट्रिय भुक्तानी पूर्वाधारको विस्तारका निम्ती NCHL-ECC, NCHL-IPS, connectIPS e-Payment / connectRTGS लगायतका भुक्तानी तथा फर्छौटका प्रणालीहरु स्थापना र सन्चालन गर्र्दै आइरहेको छ ।

Ad