Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वदेशी लघुवित्तको व्यवसाय प्रवद्र्धन तालिम सम्पन्न

२०७६ माघ १३ गते


बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्थाले प्रदेश नं.१ मा रहेको १४ शाखा वटा कार्यालयको कर्मचारीहरुको लागि १ दिने व्यवसाय प्रवद्र्धन तालिम केन्द्रीय कार्यालय ईटहरी सुनसरीमा सम्पन्न गरेको छ । तालिम कार्यक्रममा २८ जना शाखा प्रवन्धक र फिल्ड स्तरीय कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रममा गुणस्तरीय कर्जा कसरी प्रवाह गर्ने, बचत र बिमाका फाईदाहरु, असल धितो पहिचान गर्ने बिधि, धितो मुल्याँकन गर्ने तरिका, नक्शामा भएको कित्ता नं.अनुसार फिल्डमा भएको जग्गा पहिचान गर्ने र नक्सामा भएको कित्ता नापेर जग्गाको क्षेत्रफल निकाल्ने तरिका वारे प्रशिक्षण गरिएको थियो । तालिम कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाई, वित्त विभाग प्रमुख राजन मगर, कार्य सञ्चालन विभाग प्रमुख दीपक श्रेष्ठ, क्षेत्रीय प्रवन्ध हरिचन्द्र पौडेल र कर्जा अधिकृत बिधासागर भट्टराईले प्रशिक्षण दिनु भएको थियो ।

Ad