January 23rd, 2020

उखु किसानको पैसा नतिर्ने उद्योगको बैंक खाता रोक्का

बैंकिङ खबर । सरकारले उखु किसानको पैसा नतिर्ने दुई वटा उद्योगको बैंक खाता रोक्का गरेको छ । अन्नपूर्ण र इन्दिरा सुगर एण्ड एग्रोको बैंक खाता रोक्का गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राष्ट्र बैंकलाई पत्राचार गरेको छ । मन्त्रालयले पटक पटक ताकेता गर्दा पनि नटेरेपछि कारबाही प्रक्रिया अघि बढाइएको हो । बाँकी पाँच उद्योगले भने किसानको रकम भुक्तानी गरेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]