January 22nd, 2020

राजश्व पुगेन : सवारीसाधन खरीदमा डाउनपेमेन्ट खुकुलो हुने

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले निजी सवारीसाधन कर्जासम्बन्धी व्यवस्थालाई खुकुलो बनाउने भएको छ । ऋणमा गरिएको कडाईका कारण राजश्व नै प्रभावित भएपछि राष्ट्र बैंकले डाउनपेमेन्टलाई खुकुलो बनाउने भएको हो ।

निजी सवारी किन्नका लागि बैंकले ८० प्रतिशत ऋण दिने गरेकोमा यसलाई कडाई गर्दै ५० प्रतिशतमा झारिएको थियो । बैंकले कम ऋण दिने भएपछि सवारी खरिद गर्ने ग्राहकमा कमी आएका कारण व्यवसायीहरुले गाडीहरु आयात गर्नै कम गरे । जसकारण राजश्वमा उल्लेख्य कमी देखिएपछि राष्ट्र बैंकले निजी सवारीका लागि बैंकले दिने कर्जाको सीमा ५० प्रतिशतबाट बढाउने भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]