Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

तीन वटा लघुवित्त एकआपसमा गाभिँदै

२०७६ माघ ३ गते

बैंकिङ खबर । कैलालीको एनआरएन लघुवित्त, कैलालीकै किसान लघुवित्त र काभ्रेको दिव्य लघुवित्त एकआपसमा गाभिने भएका छन् । तीनवटै लघुवित्तहरुले बुधबार मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताका क्रममा एक बराबर एकको स्वास रेसियो तय गरिएको छ । डीडीए रिपोर्टका आधारमा यस केही घटबढ हुन सक्ने बताइएको छ । मर्जपछि बन्ने संस्थाको नाम एनआरएन लघुवित्त हुने र संस्थाको अध्यक्ष र सिइओ पनि एनआरएन बाट नै हुने बताइएको छ ।

हाल एनआरएन लघुवित्तको चुक्ता पुँजी ३१ करोड रुपैयाँ रहेका छ । त्यस्तै गत आर्थिक वर्षको मुनाफाबाट २४ प्रतिशत बोनस शेयर दिएको किसान लघुवित्तको ११ करोड २४ लाख भन्दा माथि रहेको छ । दिब्य लघुवित्तको ७ करोड ७० लाख रहेको छ । मर्जरपछि बन्ने संस्थाको चुक्ता पूंजी ५१ करोड पुग्ने छ । मर्जर पश्चात एफपिओ निष्काशन गर्ने सहमति भएको छ ।

एनआरएनले यसअघि रामारोशन लघुवित्त र क्रिएटिभ लघुवित्तलाई मर्ज गरेको थियो । यता, किसानले काभ्रेको मिर्मिरे र झापाको नागवेलीसँग गरेको मर्जर सम्झौता तोडेको थियो ।

Ad