Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

यस्तो सर्तमा खुल्यो नेपाल लाइफ इन्स्योरेन्सको शेयर कारोबार

admin २०७३ असार १६ गते
सेयर:

nepal lifeधितोपत्र बोर्डले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । बोर्डको स्वीकृतिविना बजारको संवेदनशीलतालाई ध्यान नदिई मूल्य सम्बन्धी सूचना सार्वजनिक नगर्न चेतावनी दिँदै बोर्डले कम्पनीको कारोबार विहिबारदेखि खुला गरेको हो । नेपाल लाइफको कारोबार फुकुवा गरेपनि एफपिओको मूल्य भने पछि निर्धारण गरिने भएको छ । बोर्डले प्रिमियम मूल्य निर्धारण सम्बन्धमा एकरुपता ल्याउन स्पष्ट नीतिगत आधार तयार गर्ने सम्बन्धी काम भईरहेको बताएको छ । सो कार्यका लागि केही समय लाग्न सक्ने हुँदा लगानीकर्ताहरुको हित हुने गरी विहिबारदेखि कम्पनीको शेयर कारोबार फुकुवा गरेको बोर्डद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

dhitopatraत्यसैगरी बोर्डले नेपाल स्टक एक्सचेञ्ज लि. लाई फर्दर पव्लिक इस्युको मूल्य सम्बन्धी सूचना संप्रेषण गर्दा धितोपत्र सम्बन्धी ऐन, २०६३ तथा धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ अनुरुप भएनभएको एकिन गरी सार्वजनिक गर्नका लागि समेत निर्देशन दिएको छ ।

नेपाल लाइफले एफपिओ अर्थात फर्दर पव्लिक इस्युको मूल्य निर्धारण गर्दा धितोपत्र सम्बन्धी कानुनी व्यवस्था अनुसार सो प्रयोजनका लागि विवरणपत्र तयार गरी बोर्डबाट स्वीकृत नगराई सार्वजनिक गरेको भन्दै बोर्डले दोस्रो बजारमा कारोबार रोक्का गरेको थियो । नेपाल लाइफले एक सय रुपैयाँ अंकित मूल्यमा २८५१ रुपैयाँ प्रिमियम जोडेर एफपिओको प्रतिकित्ता मूल्य २९५० रुपैयाँ तोकेको थियो ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।