January 14th, 2020

अब चेक डिपोजिट गर्दा तीन पुस्ते विवरण अनिवार्य

बैंकिङ खबर । बैंकमा चेक डिपोजिक गर्न जाँदा तीन पुस्ते विवरण चाहिने भएको छ । राष्ट्र बैंकले केही समयअघि नै एन्टी मनि लाउन्ड्रिङ सिस्टम –एएमएललाई अनिवार्य रूपमा कार्यान्वयन गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको थियो । सबै वाणिज्य बैंकहरुलाई यसमा आवद्ध हुन माघ १ गतेसम्मको समय दिइएको थियो ।

अहिलेसम्म डेढ दर्जन बैंकहरु गो एएमएल प्रणालीमा आवद्ध भइसकेका छन् । केही बैंकले एक साताअघिदेखि नै यो प्रणाली लागू गरिसकेका छन् । सबै वाणिज्य बैंकले अनिवार्य रुपमा यस प्रणाली सुरु गर्नुपर्ने हुन्छ । जसपश्चात्, बैंकले चेक जम्मा गर्न जानेसँग पनि सबै विवरण माग गर्न सक्नेछ । बैंकहरू अनिवार्य रूपमा डिजिटलाइजेसनमा जानुपर्ने हुँदा यो सिष्टम डेभलप गरिएको राष्ट्र बैंकले जनाएको छ ।

अहिले राष्ट्र बैंकले १० लाख रुपैयाँभन्दा माथिको कारोबारको मात्र विवरण माग्ने गर्छ । गो एमएलमा गएपछि १० लाखभन्दा बढी रकम दिनभरिमा फरकफरक शाखा र समयबाट डिपोजिट भए पनि देखिने हुन्छ । अब सबै कारोबारको विवरण बैंकको कोर बैंकिङ सिस्टम हुँदै गो–एएमएलमा ठोकिन्छ । गो–एएमएलमा जानका लागि चेक जम्मा गर्नेको नाम, ठेगाना, सम्पर्क नम्बरदेखि अन्य विवरण पनि भर्नु पर्ने हुन्छ ।

माघ १ गतेबाट बैंकले चेक तथा नगद जम्मा गर्ने फारम नयाँ बनाउँदै आन्तरिक प्रणालीलाई पनि परिवर्तन गर्नुपर्ने छ । सम्पति शुद्धीकरणका लागि अन्तर्राष्ट्रियस्तरमा सूचना समाविस्ट गरेर त्यसका आधारमा बलियो नियमन तथा सुपरिवेक्षण गर्न गो–एएमएल नेपालमा पनि लागू गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]