सिटिजन्स बैंकले सहयोगीलाई गाभ्ने, अन्तिम सम्झौतामा हस्ताक्षर

बैंकिङ खबर । सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ती गर्नको अन्तिम सम्झौता भएको छ । सिटिजन्सका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र सहयोगीका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक डिल्ली प्रकाश घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

गत असार २२ गते दुई बैंकबीच प्राप्तिका लागि प्रारम्भिक समझदारी भएको थियो । दुवै बैंकको साधारण सभाबाट प्राप्ति सम्बन्धि विशेष प्रस्ताव पारित भई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि दुई बैंकको एकीकृत कारोबार सुरु हुनेछ ।

सहमति अनुसार, सहयोगी विकाश बैंक लिमिटेडका शेयरधनीहरुले १०० कित्ता शेयर वरावर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९१.७५ कित्ता शेयर पाउनेछन् । हाल सिटिजन्स बैंकको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.